समाचार
२७३ किलो गाँजा बोकेको एम्बुलेन्स प्रहरीले लियो नियन्त्रणमा
०

काठमाडौँ, फागुन १३-
सुनसरीको चतराबाट सशस्त्र प्रहरी बलले गाँजा बोकेको एम्बुलेन्स नियन्त्रणमा लिएको छ । वराहक्षेत्र नगरपालिका–१ स्थित चतराबाट को.१च २९३७ नम्बरको एम्बुलेन्स नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बलका सह–प्रवक्ता शैलेन्द्र थापाले बताए ।
एम्बुलेन्सबाट २७३ किलो गाँजा र एम्बुलेन्स सशस्त्र प्रहरीको सुरक्षा बेस चतराले नियन्त्रणमा लिएको छ । चतराबाट सूर्यकुण्ड जाने भित्री सडकमा रोकेर राखेको एम्बुलेन्स जाँच गर्दा ९ वटा पोकामा गाँजा भेटिएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>























