अन्तर्राष्ट्रिय

एमाजनको जंगलमा भेटियो नयाँ प्रजाति सर्पको सबैभन्दा विशाल हुन सक्ने आशङ्का

Banner

ब्रिस्बेन, फागुन १३-

एमाजनको जंगलमा वैज्ञानिकहरूले सर्पको नयाँ प्रजाति फेला पारेका छन् । यो पृथ्वीमा अहिलेसम्म भेटिएको सबैभन्दा विशाल सर्प हुन सक्ने आशङ्का गरिएको छ । अस्ट्रेलियाको क्विन्सल्यान्ड विश्वविद्यालयको एउटा टोली इक्वेडरमा पर्ने एमाजन जंगल क्षेत्रमा यस अघि दस्ताबेजमा कतै उल्लेख नगरिएको हरियो एनाकोन्डा खोज्न गएका थिए । वाओरानी जातिका मानिसहरूले पृथ्वीमा अस्तित्व रहेको अहिलेसम्मकै सबैभन्दा ठुलो एनाकोन्डा देखेको भन्दै सर्प खोजी कार्यमा सहभागी हुन निम्तो दिएपछि वैज्ञानिकहरूको टोली त्यतातिर गएका थिए ।

बाईहुआएरी वाओरानी क्षेत्रको बामेनो क्षेत्रमा सिकारीहरूसँग उक्त टोली १० दिनको अन्वेषणमा गएका थिए । यस क्रममा कयौँ एनाकोन्डा भेटिएको क्विन्सल्यान्ड विश्वविद्यालयका बायोलोजीका प्राध्यापक ब्रयान फ्राईले एक विज्ञप्तिमा भनेका थिए । पानी नजिकको हिस्सामा विष नभएका विशाल एनाकोन्डाहरू भेटिएको बताइएको छ । उनीहरूले देखेको एउटा पोथी एनाकोन्डा ६।३ मिटर लामो थियो ।

सो क्षेत्रमा साढे ७ मिटर लामो र ५०० किलो तौल भएको एनाकोन्डा देखिएको भनेर आफूहरूले सुनेको टोलीले बताएको थियो । हरियो एनाकोन्डा संसारको सबैभन्दा ठुलो सर्प हुन् । मान्छेले देखेको भनेर रेकर्ड भएको अहिलेसम्म सबैभन्दा ठुलो एनाकोन्डा २२७ किलोको थियो । यो ८.४३ मिटर लामो र १.११ मिटर मोटो थियो । केही जातका पाइथन यिनीहरूभन्दा पनि लामा तर पातला हुन्छन् । एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>