खेलकुद

दुई रनमै पेभेलियन फर्किए कुशल मल्ल

०
Banner

काठमाडौं, फागुन १३-

आईसीसी विश्वकप लिग-२ क्रिकेटअन्तर्गत अहिले नेदरल्यान्ड्सविरुद्ध पहिला ब्याटिङ गरिरहेको नेपालले तेस्रो विकेट गुमाएको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेपछि पहिला ब्याटिङको जिम्मा पाएको नेपालले १३ ओभरमा ३ विकेट गुमाएर ५४ रन जोडेको छ ।

कुशल मल्ल तेस्रो विकेटका रूपमा व्यक्तिगत २ रनमा आउट भए। पहिलो विकेटका रूपमा ४२ रनको साझेदारी गरेको नेपालले ५० रनको स्थितिमा दोस्रो विकेट गुमाएको थियो ।

आसिफ शेख १७ र अनिल शाह ७ रनमा आउट भए । भिभियान किङ्माले २ र आर्यन दत्तले एक विकेट हात पारे । दत्तले आफ्नो पहिलो ओभरमा कुशललाई आउट गरे ।

उनी एलबीडब्लु धरापमा परेका थिए। कुशल भुर्तेल २९ रनमा खेल्दैछन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>