देश/प्रदेश

भिरको रुखमा अड्किएको अवस्थामा रहेको जर्मन नागरिकको शव सशस्त्रले निकाल्यो

Banner

काठमाडौँ, फागुन १३-

भिरबाट खसेकी जर्मन नागरिकको शव निकालिएको छ । कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ स्थित मिर्सामा भिरबाट खसेकी जर्मन नागरिक पिया जोसको शव सशस्त्र प्रहरी बलको उद्धार टिमले निकालेको हो ।

आज (आइतबार) बिहान सशस्त्र प्रहरी बल नम्बर–२४ कालिका गणबाट खटिएको टोलीले रुखमा अड्किएको अवस्थामा शव निकालेको सशस्त्र प्रहरी बलका सह–प्रवक्ता शैलेन्द्र थापाले बताए । हिजो (शनिवार) साँझ पिया भिरबाट खसेको भन्दै सँगै घुम्न गएका उनका अमेरिकन साथीले प्रहरीलाई खबर गरेका थिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>