राजनीति

कसैबाट एक रुपैयाँ लिएको छैन, शाकाहारीबाहेक खाएको छैनः भीम उपाध्याय

Banner

काठमाडौं,फागुन ७-

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार गरेको दाबीहसित मुद्दा दायर गरेपछि पूर्वसचिव भीम उपाध्यायले प्रतिक्रिया जनाएका छन् । आइतबार अख्तियारले खानेपानी मन्त्रालयका तत्कालीन तीन सचिवसहित १५ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । जसमा तत्कालीन सचिव उपाध्याय पनि छन् । आयोगले उपाध्यायविरुद्ध चार करोड ११ लाख बिगो माग दाबी गरेको छ ।

जवाफमा उनले आफूले कुनै पनि प्रकारको अनियमितता नगरेको दाबी गरेका हुन् । मेलम्चीका कसैले मलाई १ रुपैयाँ कुनै बेला दिएको छन् भने भनून् । मिटिङमा चिया खाजा, त्यो पनि शाकाहारीबाहेक केही खाएको पनि छैन, आइतबार राति सामाजिक सञ्जालबाट उपाध्यायले भनेका छन् ।

उनले ०७३ कार्तिकदेखि ०७४ भदौ १२ गतेसम्म आफूले खानेपानी मन्त्रालयको सचिव पदमा १० महिना काम गरेको र त्यसकै हैसियतमा मेलम्ची बोर्डको पदेन अध्यक्ष रहेको जानकारी दिएका छन् । त्यस अवधिमा आफूबाट कुनै प्रकारको अनियमितता नभएको दाबी उनको छ ।

ूम ३ करोड नेपालीका सामु ढुक्कसँग भन्छु, मबाट देशहितको कामबाहेक मेलम्चीमा कुनै गल्ती गरेको थिएन, छैन । देशको हितमा काम गर्नु गल्ती हुदैन त्यो पनि काकाकुल ४० लाख उपत्यकावासीलाई पानी खुवाउने पवित्र काम गर्दा, उनको दाबी छ । उनले आफू अहिले विदेशमा रहेको स्वदेश फर्किनासाथ अदालतमा सफाइका लागि उपस्थित हुने पनि बताएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>