राजनीति

गगनलाई बधाई दिँदै प्रदीपले भने– चुनौतीका पहाड थुप्रै छन्

०
Banner

काठमाडौं, असोज २४ –

नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले पार्टी सभापति गगन थापालाई बधाई तथा शुभकामना दिएका छन्।

पौडेलले सामाजिक सञ्जाल फेसबुकमार्फत थापालाई बधाई दिँदै कांग्रेसलाई नयाँ उचाइमा पुर्‍याउने ऐतिहासिक अभिभारा प्राप्त गरेको उल्लेख गरेका छन्।

“कांग्रेसलाई नयाँ उचाइमा पुर्‍याउने ऐतिहासिक अभिभाराको प्रमुख नेतृत्व प्राप्त गर्नुभएकोमा हार्दिक बधाई तथा शुभकामना,” पौडेलले लेखेका छन्।

उनले युग बदल्ने संकल्पसहित अघि बढेको उल्लेख गर्दै बाटो सहज नभए पनि चुनौतीसँग जुध्दै अघि बढ्नुपर्ने बताएका छन्। बदलिएको कांग्रेस र बदलिने देश पार्टीको कर्म र परिणाम बन्नुपर्ने उनको भनाइ छ।

“हामी युग बदल्ने संकल्प लिएर आएका छौँ। बाटो पक्कै सजिलो छैन। चुनौतीका पहाडहरू थुप्रै छन्। तर, हामीसँग अलमलिने र थाक्ने कुनै छुट छैन,” पौडेलले फेसबुकमा लेखेका छन्।

उनले थापालाई इमानदार सहयात्रीका रूपमा साथमा रहने प्रतिबद्धता व्यक्त  गरेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>