चितवन विशेष

एक्सपर्ट पब्लिक स्पिकिङ च्याम्पः २० प्रतियोगी सेमीफाइनलमा प्रवेश

Banner

चितवन, फागुन ३–

एक्सपर्ट पब्लिक स्पिकिङ च्याम्पको तेस्रो संस्करणमा २० प्रतियोगी सेमीफाइनलमा प्रवेश गरेका छन् ।

बिहीबार एक्सपर्ट बेस क्याम्प भरतपुरमा भएको क्वाटरफाइनलबाट २० जना प्रतियोगी सेमीफाइनलमा प्रवेश गरेको आयोजक संस्था विमोचन इभेन्ट एण्ड इन्टरटेनमेन्ट प्रालिका निर्देशक विमोचन आचार्यले जानकारी दिए । उनका अनुसार क्वाटरफाइनलमा ३२ प्रतियोगीले प्रतिस्पर्धा गरेका थिए । क्वाटरफाइनलमा निर्णायकको भूमिका अग्रज संचारकर्मी अमर प्रधान, अजिता अधिकारी र प्रवेश किरण रहेका थिए ।

प्रतियोगितामा पहिलो अडिसन माडीमा गरिएको थियो । त्यसलगत्तै गैंडाकोट, पश्चिम चितवन, कावासोती, पर्सा, टाँडी र भरतपुरमा अडिसन भएका थिए । त्यसबाट झण्डै १०० जना प्रतियोगी पहिलो चरणमा छनोट भएका थिए । यस प्रतियोगिताको पहिलो संस्करणमा अरोमा कलेजका चिन्तामणि सुवेदी पहिलो, वाल्मीकि शिक्षा सदनकी साधना पौडेल दोस्रो र न्यू क्यापिटल कलेजकी ज्योति शर्मा तेस्रो भएका थिए ।

यस्तै दोस्रो संस्करणमा अरोमा कलेजका सौगात आचार्य पहिलो, एकता शिशु निकेतनका आशिष बन्जारा दोस्रो र स्काइराइडर स्कुलकी आयुश्मा पोखरेल तेस्रो भएका थिए । प्रतियोगितामा पहिलो हुने विजेताले ५० हजार रुपैयाँ, दोस्रो हुनेले ३० हजार रुपैयाँ र तेस्रो हुनेले २० हजार रुपैयाँ सहित मेडल ,ट्रफी , प्रमाण पत्र र छात्रवृत्ति प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिताको मुख्य प्रायोजन विदेश जान चाहने विद्यार्थीहरुलाई शैक्षिक परामर्श गर्दै आइरहेको एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनले गरेको छ ।

सेमीफाइनलमा प्रवेश गरेका प्रतियोगीहरुको नामावली यस प्रकारको छः

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>