चितवन विशेष

भरतपुरमा ११७ जनाले गरे रक्तदान

Banner

चितवन, फागुन १-

भरतपुरमा भएको वृहत् रक्तदानमा ११७ जनाले रक्तदान गरेका छन् ।

रोटरी क्लब अफ चितवन तथा रोट्र¥याक्ट क्लब अफ चितवनको संयुक्त आयोजनामा भएको बृहत् रक्तदानमा ११७ जनाले रक्तदान गरेका हुन् ।

दुई दिने कार्यक्रमअन्र्तगत पहिलो दिन रोटरी क्लब अफ चितवनको नवनिर्मित आफ्नै पाँच तलाको रोटरी दण्डपाणि भट्टराई भवन तथा कलेज अफ मेडिकल साइन्सेज भरतपुर दुई स्थानमा रगत संकलन गरिएको छ । भरतपुर महानगरपालिका वार्ड नं ३ का वडाध्यक्ष विकास थापा प्रमुख अतिथि रहेको शिविरमा नेपालमै सबैभन्दा धेरै पटक रक्तदान गर्ने स्वयंसेवी रक्त समाज केन्द्रका केन्द्रीय अध्यक्ष प्रेमसागर विशिष्ट अतिथि थिए । चितवन रोटरी क्लबका अध्यक्ष चन्द्रेश्वर भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा कलेज अफ मेडिकल साइन्सेजको महत्वपूर्ण सहयोग रहेको थियो । त्यसरी नै मैयादेवी कन्या कलेज भरतपुर, नारायणी स्टिल, नेपाल रेडक्रस सोसाइटी ब्लड बैंक, रिजाल फुडस् रत्ननगरले सहयोग गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>