साहित्य

भ्यालेन्टाइन डेमा कवि भूपिनको सन्देश: स्वर्ग, तिमीसँग आँधीमा पस्न पनि तयार छु

Banner

 

 

स्वर्ग

तिमीसँग त म नर्क जान पनि तैयार छु

मन्दिर जाऊँ भन्यौ

म आएँ ।

 

तिम्रो हात समाएर हिँडेको यो बगर, मेरो मन्दिर

तिम्रो गन्ध डुल्ने यो खेत\यो जंगल, मेरो मन्दिर

तिमी जान्छौ भने त

तिमीले वर माग्ने कुनै ढुंगाको घर, मेरो मन्दिर ।

 

साँचो हो, भगवानप्रति मेरो कुनै विश्वास छैन

तर कतै भेटेँ भने

मसँग केही मुद्दाहरू छन् उसका विरुद्ध ।

म टेबुल वार्ता गर्न चाहन्छु

मध्यस्थता तिमी गर्नू ।

 

तिमीसँग त म आँधीमा पस्न पनि तैयार छु

तिमीसँग त म नर्क जान पनि तैयार छु

मन्दिर जाऊँ भन्यौ

म आएँ ।

 

तिमीबिनाको स्वर्ग मेरो लागि नर्क समान

तिमी सहितको नर्क मेरो लागि स्वर्ग समान

सूर्यमुखी फूल भएकोछु

जता तिमी उतै फर्कन्छु ।

छहराजस्तो भएकोछु

जता तिमी उतै हाम्फाल्छु ।

 

तिमीसँग त म हावा नपुग्ने ठाउँमा पनि जान तैयार छु

तिमीसँग त म नर्क जान पनि तैयार छु

मन्दिर जाऊँ भन्यौं ।

म आएँ ।

–कवि भूपिन खड्का

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>