खेलकुद

हिसान कप फुटबलमा एपेक्स र गुरुकुल सेमिफाइनलमा

Banner

चितवन, माघ २९-

एपेक्स एकेडमी र गुरुकुल कलेज हिसान चितवनको आयोजनमा जारी हिसान कप अन्तर कलेज नाइन ए साइड फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

भरतपुर–१० गेष्टहाउस चौरमा जारी प्रतियोगिता अन्तर्गत आज (सोमबार) सम्पन्न पहिलो खेलमा न्यु क्यापिटल कलेजलाई हराउँदै एपेक्सले सेमिफाइनलमा स्थान पक्का गरेको हो । एपेक्सले न्यु क्यापिटललाई २–१ ले हरायो ।

एपेक्सको जितमा जीवन रानाले दुई गोल गरे । न्यु क्यापिटलका ओमकार गुरुङले एक गोल फर्काए । दुई गोल गरेका एपेक्सका जीवन म्यान अफ दि म्याच भए । एपेक्सले अब फाइनल प्रवेशका लागि पहिलो सेमिफाइनलमा अरोमाको सामना गर्नेछ । उक्त खेल मंगलबार दिउँसो २ बजे हुनेछ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>