चितवन विशेष

म्याथम्याटिक्स ओलम्पियाड प्रतियोगितामा न्यु होराइजनका विद्यार्थी रियाज पहिलो

Banner

चितवन, माघ २९-

चितवनमा भएको म्याथम्याटिक्स ओलम्पियाड प्रतियोगितामा न्यु होराइजन स्कुलमा कक्षा १० मा अध्ययनरत रियाज रेग्मी पहिलो भएका छन् ।

नारायणी इग्लिस पब्लिक स्कुलको २९औं वार्षिकोत्सवको अवसरमा भएको जिल्लास्तरीय म्याथम्याटिक्स ओलम्पियाड प्रतियोगितामा रेग्मी पहिलो भएका हुन् ।

त्यसैगरी प्रतियोगितामा चित्रवन सेकेन्डरी स्कुल कक्षा ९ का अस्विन सपकोटा दोस्रो, स्मल हेभन स्कुल कल्याणपुर कक्षा १० का अडोनिस यादब तेस्रो र पुनः न्यू होराइजन कक्षा १० का आशिष श्रेष्ठले सान्त्वना स्थान हासिल गरेका छन् ।

विद्यालयका प्राचार्य वेदराज न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा वीरेन्द्र बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख प्रा. दयाराम पौड्याल प्रमुख अतिथि रहेका छन् । पौड्यालले गाणितलाई जीवनसँग जोड्नका लागि पनि गणित शिक्षा अपरिहार्य रहेको र यस्ता कार्यक्रमले विद्यार्थी वर्गमा अघि बढ्न प्रेरणा मिल्ने लगायतका प्रेरक भनाइहरुले विद्यार्थीहरुको मनोबल बढाएका छन् । कार्यक्रममा प्याब्सन चितवनका उपाध्यक्ष भानुभक्त अर्याल, सदस्य दयानिधि अर्याल, भरतपुर प्याब्सनका सहसचिव श्रीनिबास पौडेल, गणित विषयका प्रशिक्षक एवम् ज्ञान दर्शन स्कुलका प्राचार्य मनिस घिमिरे, बाल्मीकि शिक्षा सदनका सहप्राचार्य प्रकाश सुवेदी उपस्थिति थिए । कार्यक्रममा विद्यालयका प्लस टु संयोजक जनकराज घिमिरेले स्वागत मन्तब्य राखेका थिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>