चितवन विशेष
अन्तर्राष्ट्रिय पुरस्कारबाट टोकला चिया सम्मानित

चितवन, माघ २९-
नेपाल चिया विकास निगमद्वारा उत्पादित टोकला चियाले अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरेको छ ।
चितवनको नारायणी किनारमा हालसालै सम्पन्न राष्ट्रिय चिया प्रदर्शनीमा कृषि तथा पशुपंक्षी विकास मन्त्री वेदुराम भुषालले आठौं एशिया टी कम्पिटिसन–२०२३ कोचिया गुणस्तरमा गोल्ड विजेता टोकला चियाका उत्पादनक नेपाल चिया विकास निगमलाई सम्मानित गरेका हुन् ।
निगमका कार्यकारी अध्यक्ष सुभाष चन्द्र संघईले सो सम्मान ग्रहण गरेका छन् । सोकम्पिटिसनमा नेपाल चिया विकास निगम लिको कन्याम बगानको चियाले गोल्ड विजेता पाएको थियो । प्रत्येक साल चीनमा विश्वभरीका १७ चिया उत्पादन गर्ने देशबीच हुने यस प्रतियोगितामा नेपालको तर्फबाट नेपाल चिया विकास निगमले सहभागिता जनाएको थियो र निगमको कन्याम चिया बगानले २०२३ को उत्कृष्ट चिया भनेर गोल्ड विजेता पाएको हो ।
निगमले झापा र इलाममा रहेको आफ्नै ७ वटा चिया बगानहरुबाट उत्पादित चिया नेपालीहरु माझ निकै नै लोकप्रिय तथा अन्तर्राष्ट्रिय स्तर मै चिर–परिचित टोकला चियाको उत्पादन तथा बिक्री वितरण गरिरहेको निगमले जनाएको छ । कम्पनीको अनुसार यस पुरस्कारले नेपाली चियालाई अन्र्तराष्ट्रिय बजारमा थप चिनाउन र प्रवद्र्धन गर्न निकै ठूलो टेवा दिने छ ।
यही माघ २६ र २७ गते नेपाल चिया तथा कफि विकास बोर्डको आयोजना तथा उद्योग वाणिज्य संघ चितवन, होटल व्यवसायी संघ चितवन तथा भरतपुर महानगरपालिकाको सह–आयोजनामा नारायणी नदीको किनारमा नेपालमा उत्पादित चियाहरुको वृहत प्रदर्शनी तथा टी टेस्टिङ्ग कार्यक्रम भएको थियो । मेलामा चिया क्षेत्रमा कृयाशिल विभिन्न संघ संस्थाको सहभागिता तथा विभिन्न चिया उत्पादक कम्पनीहरुले आफ्नो उत्पादनको प्रदर्शनी एवम् टेष्टिङ कार्यक्रम भएको छ ।