चितवन विशेष

संविधान कार्यान्वयनका लागि राष्ट्रियसभामा पार्वती रावलको संकल्प प्रस्ताव

Banner

चितवन, माघ २९-

संविधान कार्यान्वयनका लागि राष्ट्रियसभा राष्ट्रिय सरोकार तथा समन्वय समिति सभापति दीलकुमारी रावल थापा पार्वतीले संकल्प प्रस्ताव दर्ता गरेकी छन् ।

संघीय संसद्ले निर्माण गर्नुपर्ने १५१ भन्दा बढी कानून निर्माणको काम थाल्न राष्ट्रियसभामा उनले संकल्प प्रस्ताव दर्ता गरेकी हुन् ।

उनको प्रस्तावमा विभिन्न पार्टीका ८ जना सदस्यले समर्थन जनाएका छन् । आठ जनामा नेकपा एमालेका देवेन्द्र दाहाल, नेपाली कांग्रेसकी अनिता सापकोटा, माओवादी केन्द्रका गोपीबहादुर सार्की, नेकपा समाजवादीकी जयन्तीदेवी राई, जसपाका मोहम्मद खानिक, लोसपाका शेखरकुमार सिंह, राष्ट्रिय जनमोर्चाका तुलप्रसाद विश्वकर्मा, मनोनित विमलाराई पौड्याल र स्वतन्त्र खिमलाल देवकोटा रहेका छन् । संविधानमा उल्लेख भएका मौलिक अधिकार नागरिकलाई उपलब्ध गराउनु राज्यको दायित्व भएको उल्लेख गर्दै तत्काल कानून निर्माणको काम अघि बढाउनुपर्ने प्रस्तावमा उल्लेख छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>