खेलकुद

हिसान कप फुटबलमा अरोमा र अर्बिट सेमिफाइनलमा

Banner

चितवन, माघ २८-

अरोमा कलेज र अर्बिट कलेज हिसान चितवनको हिसान कप अन्तर कलेज नाइन ए साइड फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

भरतपुर–१० गेष्टहाउस चौरमा जारी प्रतियोगिताअन्तर्गत आज (आइतबार) सम्पन्न पहिलो क्वाटरफाइनल खेलमा प्रेरणालाई हराउँदै अरोमाले सेमिफाइनलमा स्थान पक्का गरेको हो । अरोमाले प्रेरणालाई ३–१ ले हरायो ।

अरोमाको जितमा कप्तान सुलभ आचार्यले दुई तथा आयुष ढकालले एक गोल गरे । प्रेरणाले एक उपहार गोल पाएको थियो । अरोमाका कप्तान सुलभ प्लेयर अफ दि म्याच चुनिए । अरोमाले अब सेमिफाइनलमा सोमबार हुने पहिलो खेलको विजेतासँँग भिड्नेछ । सोमबार तेस्रो क्वाटरफाइनलमा एपेक्स एकेडेमी र न्यु क्यापिटलबीच खेल हुनेछ । उक्त खेल दिउँसो २ बजे हुनेछ ।

आजैको दोस्रो खेलमा जित हात पार्दै अर्बिट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । अर्बिटले अंंकुरम एकेडमीलाई १–० ले हरायो । अर्बिटको जितमा करिब पुनले निर्णायक गोल गरे । करिब नै म्यान अफ दि म्याच भए ।

यो जितसँँगै अर्बिट सेमिफाइनल प्रवेश गरेको छ । अर्बिटले फाइनल प्रवेशका लागि सोमबार हुने चौथो क्वाटरफाइनल खेलको विजेतासँँग खेल्नेछ । चौथो क्वाटरफाइनलमा सोमबार दिउँसो ३ बजे गुरुकुल कलेज र ग्रीनल्याण्ड पब्लिक स्कुल भिड्नेछन् । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) चितवनको आयोजनामा फागुन २ गतेसम्म चल्ने प्रतियोगितामा १४ टोली सहभागी छन् । प्रतियोगिताको विजेताले ट्रफीसहित ३० हजार रुपैयाँ तथा उपविजेता टोलीले २० हजारसहित ट्रफी प्राप्त गर्ने आयोजकले जनाएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>