चितवन विशेष

अंग्रजी हिज्जे प्रतियोगितामा सैनिक आवासिय मावि पहिलो

Banner

चितवन, माघ २८-

चितवनमा भएको अंग्रेजी हिज्जे प्रतियोगितामा सैनिक अवासिय माध्यमिक विद्यालय पहिलो भएको छ ।

नारायणी इग्लिस पब्लिक स्कुलले आफ्नो २९ औं वार्षिकोत्सवको पूर्वसन्ध्यामा गरेको अंग्रजी हिज्जे प्रतियोगितामा सैनिक मावि पहिलो भएको हो ।

प्रतियोगितामा ज्ञानदर्शन स्कुल दोस्रो र चित्रवन स्कुल पदमपुर तेस्रो भएका छन् । विद्यालयका प्राचार्य वेदराज न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि मेट्रो प्याब्सन भरतपुरका अध्यक्ष लेखनाथ खनाल रहेका थिए । कार्यक्रमलाई सहीद स्मृति बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख दिलिप शर्माले सहजीकरण गरेका थिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>