चितवन विशेष

चितवन अटोमोबाइल्स डिलर्स एशोसिएसनको कार्ययोजना गोष्ठी

Banner

चितवन, माघ २७-

चितवन अटोमोबाइल्स डिलर्स एशोसिएसनको सौराहामा एक दिने कार्ययोजना गोष्ठी भएको छ ।

एशोसिएसनले आगामी २ वर्षे कार्यकालमा गरिने कार्यक्रमलाई लिपिबद्ध गरी कार्यान्वयनमा ल्याउने उद्देश्यले गोष्ठी गरेको हो ।

कार्यक्रममा अटोमोबाइल्स डिलर्स एशोसिएशनका अध्यक्ष राजन पियाले कार्ययोजनाले अबको दुई वर्षमा अटोमोबाइल्स डिलर्स एशोसिएसनलाई कहाँ पु¥याउने र के के कार्य गर्ने भनेर कार्यक्रमहरु तय गर्ने उद्देश्यले गोष्ठी आयोजना गरिएको बताए । उनले सवारीसाधनको प्रयोग मानविय दैनिक जीवनमा अति अवश्यकताको वस्तुको रुपमा विकास हुँदै गएको र दुर्घटना पनि बढ्दै गएकोले सवारी दुर्घटनासम्बन्धी सचेतना कार्यक्रमहरु व्यवसायीले गर्नुपर्ने बताएका छन् ।

कार्यक्रममा अटोमोबाइल्स डिलर्स एशोसिएसनका संस्थापक अध्यक्ष ईश्वरकुमार श्रेष्ठले कार्ययोजना तर्जुमा गोष्ठीको बारेमा जानकारी गराउँदै संस्थाले छोटो अवधिमा सम्पन्न गर्ने कार्य र दीर्घकालिनरुपमा गरिने कार्य भनी योजना बनाएर संस्थालाई अगाडि बढाउनु पर्ने बताएका छन् ।

गोष्ठीमा उद्योग वाणिज्य संघ–चितवनका कार्यकारी निर्देशक निलबहादुर केसीले सहजकर्ताको भूमिका निर्वाह गरेका छन् । उनले कार्ययोजना तर्जुमा गनुपर्ने कारण र कार्ययोजना गर्ने तरिका, कार्ययोजना गराएर काम गर्दा संघको विधानमा उल्लेखित उद्देश्य पूर्ति गर्न सकिने बताए ।

चितवन अटोमोबाइल्स डिलर्स एशोसिएसनका पदाधिकारी कार्यसमिति र संघ सदस्यहरुको उपस्थिति रहेको कार्यक्रम चितवन अटोमोबाइल्स डिलर्स एशोसिएसनको आयोजना एवम् उद्योग वाणिज्य संघ चितवनको सहयोगमा सम्पन्न भएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>