खेलकुद

चितवनमा हिसान कप फुटबल सुरु, एपेक्स र गुरुकुलको विजयी सुरुवात

Banner

चितवन, माघ २५-

हिसान चितवनको आयोजनमा हिसान कप अन्तर कलेज नाइन ए साइड फुटबल प्रतियोगिता सुरु भएको छ ।

आज (बिहीबार) बाट गेष्टहाउस चौरमा सुरु भएको प्रतियोगिताको भरतपुर १० का अध्यक्ष परमेश्वर खनालले उद्घाटन गरेका हुन् ।

प्रतियोगितामा एपेक्स एकेडेमी र गुरुकुल कलेजले विजयी सुरुवात गरेका छन् । उद्घाटन खेलमा एपेक्सले अर्किड कलेजविरुद्ध ४–३ को रोमाञ्चक जित हात पा¥यो । १–० ले पछि परेको अवस्था उल्टाउदै एपेक्सले जित हात पारेको हो ।

एपेक्सको जितमा निशान्त विकले दुई तथा विश्वास गुरुङ र सुनिल थापा मगरले एक–एक गोल गरे । अर्किडका जेम्स लामा, दर्शन क्षेत्री र मनिष लामाले एक–एक गोल गरे । यो जितसँगै एपेक्स क्वाटरफाइनलमा प्रवेश गरेको छ । एपेक्सका निशान्त विक म्यान अफ दि म्याच भए ।

दोस्रो खेलमा गुरुकुलले वाल्मीकि शिक्षा सदनलाई हरायो । रोमाञ्चक खेलमा गुरुकुल सडन डेथमा विजयी भयो । निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा पनि ३–३ को बराबरी भएपछि सडन डेथमा गुरुकुल विजयी भयो । यो जितसँँगै गुरुकुल क्वाटरफाइनलमा पुगेको छ । गुरुकुलका गोलकिप्पर अभिषेक गुरुङ म्यान अफ दि म्याच चुनिए ।
उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) चितवनको आयोजनामा फागुन २ गतेसम्म चल्ने प्रतियोगितामा १४ टोली सहभागी छन् । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

प्रतियोगिताको विजेताले ट्रफीसहित ३० हजार रुपैयाँ प्राप्त गर्नेछ । उपविजेता टोलीले २० हजारसहित ट्रफी प्राप्त गर्ने आयोजकले जनाएको छ । यस्तै हरेक विधामा उत्कृष्ट हुने खेलाडीहरुलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>