देश/प्रदेश
नेपाली युवकविरूद्ध अष्ट्रेलियामा पक्राउ पुर्जी जारी
०

काठमाडौं, माघ २४-
अष्ट्रेलियन प्रहरीले रिदम भट्टचनविरूद्ध पक्राउ पुर्जी गरेको छ। अष्ट्रेलियाको औबर्न प्रहरीले २६ वर्षीय भट्टचनविरूद्ध मंगलबार पक्राउ पुर्जी जारी गरेको हो।
औबर्न प्रहरीले फेसबुकमा रिदमको तस्बिर राख्दै उनीविरूद्ध दूरसञ्चार कसुरमा पक्राउ पुर्जी जारी भएको जानकारी दिएको हो।
त्यहाँको प्रहरीले अपरेशन अमरोक चलाएर उनीविरूद्ध खोजी तीव्र पारेको जनाएको छ। अपरेशन घरेलु हिंसा र सम्बन्धित अपराध लक्षित राज्यव्यापी अपरेशन रहेको प्रहरीले जनाएको छ।
उनी यसअघि पनि गेम्ब्लिङ र लागुऔषध कसुरमा पटकपटक विवादमा परेका थिए।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























