समाचार

फरार इमेज सहकारीका अध्यक्ष नेपालीले भने ‘सम्पती बेचेर बचतकर्ताको ऋण तिर्छु’

०
Banner

पोखरा, माघ २३-
पोखरा र बागलुङको इमेज सहकारीका संस्थापक अध्यक्ष देवकुमार नेपालीले बचतकर्ताको रकमबाट समेत आफूले घर जग्गा जोडेको स्वीकार गरेका छन् । तर आफूसँग अहिले वचतकर्ताको रकम फिर्ता गर्न नगद नभएको उनले बताएका छन् । वचतकर्ताले ठगीमा उजुरी दिएपछि गत जेठदेखि फरार रहेका नेपाली बागलुङको ढोरपाटन नगरपालिकाका मेयरसमेत हुन् ।

मंगलबार फेसबुकमार्फत विज्ञप्ति जारी गर्दै नेपालीले सहकारीको रकमबाटसमेत आफ्नो र श्रीमतीको नामबाट घर जग्गा किनेको स्वीकार्दै ती सम्पत्ति बिक्रीबाट वचतकर्ताको रकम फिर्ता गर्ने चाहना दोहोर्‍याएका छन् ।

गत जेठ ५ गतेदेखि फरार मेयर देवकुमारले मंसिर ५ गते फेसबुकमार्फत भिडियो र विज्ञप्ति जारी गर्दै आफ्नो सम्पत्ति बेचेर बचतकर्ताको हिसाब मिलान गर्ने बताएका थिए । फेरि मंगलबार घर र जग्गाको विवरणसमेत सार्वजनिक गर्दै सबै बचतकर्ताको जिम्मा लगाउन चाहेको उल्लेख गरेका छन् ।

‘विगतमा हामीले सहकारी सञ्चालन गर्दा हाम्रो केही निजी रकम र सहकारीका शेयर सदस्य बचतकताले जम्मा गरेको बचत तथा बैंकहरुवाटसमेत ऋण लिएर स्थिर सम्पत्ति जोडेका छौं’, आफू र श्रीमती छेला नेपालीको नाममा रहेको घरजग्गाको विवरण उल्लेख गर्दै नेपालीले भनेका छन् ।

वचतकर्ताको रकम फिर्ता गर्न आफू पूर्णरुपमा प्रतिवद्ध रहेको नेपालीले बताएका छन् । घरजग्गाहरु बिक्री वितरण गरेर प्राप्त हुने रकमबाट बैंकहरुबाट लिएको ऋण भुक्तान गरी सदस्य बचतकर्ताहरुको बचत फिर्तां गर्ने कुरामा साथ दिन पनि उनले अपिल गरेका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>