शिक्षा
चितवनमा ‘एसआईयूके एजुकेसन फेयर २०२४’ आयोजना हुँदै

चितवन, माघ २३-
चितवनमा माघ २६ गते ‘एसआईयूके एजुकेसन फेयर २०२४’ हुने भएको छ ।
उच्च शिक्षाका लागि बेलायत जान चाहने विद्यार्थीहरुलाई गुणस्तरीय शैक्षिक परामर्श सेवा गर्ने उद्देश्यले लायन्सचोकस्थित केएल मलको दोस्रोमा रहेको एसआई–ग्लोबल चितवनको आफ्नै कार्यलयमा फेयर हुन लागेको हो ।
एसआईयूके संस्थाले बेलायतका उत्कृष्ट विश्वविद्यालयहरुसँग विद्यार्थीहरुको साक्षात्कार गराउने उद्धेश्यले कार्यक्रम आयोजना गर्न लागेको हो । संस्थाले माघ २० गते काठमाडौंमा, २२ गते पोखरामा र २४ गते बुटवलमा रहेको एसआईयूकेकै कार्यालयमा पनि एजुकेशन फेयर गर्दै छ ।
संस्थाले बेलायतका उत्कृष्ट विश्वविद्यालय युनिभर्सिटी अफ बाथ, त्रिनिटी कलेज डुम्बिलन,युनिभर्सिटी अफ युनिभर्सिटी, कार्डिफ मेट्रोपोलिटीएन युनिभर्सिटी, केला युनिभर्सिटी, युनिर्भर्सिटी अफ प्लेमाउथ, युनिभर्सिटी अफ सालफोर्ड म्यानचेष्ट्रर, स्टडी ग्रुप, अक्सफोर्ड इन्टरनेशनल एजुकेसन ग्रुप, क्याब्रिज एजुकेशन ग्रुप लगायतका प्रतिनिधिहरुले विद्यार्थीहरूलाई उचित परामर्श प्रदान गर्ने आयोजकले जनाएको छ।
























