चितवन विशेष

अधिकृत व्यवसायीको १६औं वार्षिक साधारणसभा

Banner

चितवन, माघ २१–

अधिकृत व्यवसायी संघ चितवनको १६औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

भरतपुरमा भएको साधारणसभामा संघले हालसम्म गरेका गतिविधिहरु प्रस्तुत गरिएको थियो । संघका महासचिव मनोज रौनियारले पेश गरेको वार्षिक प्रगति प्रतिवेदन सर्वसम्मत रुपमा पारित भएको थियो । उनका अनुसार संघले व्यवसायीको हकहितका साथै सामाजिक कार्यमा समेत संघले अग्रसरता लिएको छ ।

कार्यक्रममा बोल्दै संघका अध्यक्ष नारायण प्रधानले संघले व्यवसायिक हकहितमा सदैव लागि परेको बताए । उनले सबै व्यवसायीलाई एकजुट बनाउँदै नयाँ सदस्यता वितरणलाई पनि मुख्य प्राथमिकतामा राखेर काम गरिरहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल बितरक महासंघका अध्यक्ष हरिराज पन्तले अधिकृत व्यवसायी संघ चितवनले उत्कृष्ट कार्य गर्दै आएको भन्दै प्रशंसा गरे । उनले चितवनबाट महासंघले समेत केही सिकेको भन्दै उदाहरणीय कार्यहरु गर्न प्रेरित गरे । पन्तले व्यवसायीहरु अहिले समस्यामा रहेको भन्दै सरकारी निकायले व्यवसायीहरुको समस्या बुझाउन आवश्यक रहेको बताए ।

कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सुमन कुमार श्रेष्ठ, अधिकृत व्यवसायी संघका संस्थापक अध्यक्ष पवन कुमार पिया, संस्थापक सल्लाहकार प्रचण्डलाल प्रधान, निर्माण व्यवसायी संघ चितवनका अध्यक्ष हरिप्रसाद गैरेलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

सोही कार्यक्रममा नवनिर्वाचित उद्योग वाणिज्य संघ चितवनका पदाधिकारीहरुलाई संघले सम्मान गरेको थियो । कार्यक्रम संघका अध्यक्ष नारायण प्रधानको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>