खेलकुद

चितवनमा माघ २५ देखि अन्तर कलेज हिसान कप फुटबल हुँदै

Banner

चितवन, माघ २०–

चितवनमा माघ २५ गतेदेखि अन्तर कलेज हिसान कप फुटबल हुने भएको छ ।

उच्च माध्यमिक विद्यालय संघ (हिसान) चितवनको आयोजना प्रतियोगिता हुन लागेको हो ।

नाइन ए साइड प्रतियोगिताका खेलहरु गेष्ट हाउस चौर भरतपुर १० मा हुनेछ । प्रतियोगितामा हिसान चितवनअन्तर्गतका १६ दश जोड २ कलेजका टिमहरु सहभागी हुनेछन् । सहभागी टोलीहरुलाई दुई समूहमा विभाजन गरिने आयोजक हिसान चितवनले जनाएको छ ।
प्रतियोगिताको विजेताले ट्रफीसहित ३० हजार रुपैयाँ प्राप्त गर्नेछ । उपविजेता टोलीले २० हजारसहित ट्रफी प्राप्त गर्ने आयोजकले जनाएको छ । यस्तै हरेक विधामा उत्कृष्ट हुने खेलाडीलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ ।

केही दिन भित्रै खेल तालिका सार्वजनिक गर्ने आयोजकको तयारी छ । कलेज तहदेखि नै फुटबल खेलको विकास र खेलाडीको खेल कौशल वृद्धिका लागि प्रतियोगिता आयोजना गरिएको हिसानले जनाएको छ । प्रतियोगिताको तयारी तीव्र पारिएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>