अपराध
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
०

काठमाडौँ, माघ १९-
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी गोकर्णेश्वर नगरपालिका–५ नयाँबस्ती डेरा गरी बस्ने पाल्पा पूर्वखोला गाउँपालिका–२ घर भएका ४० वर्षीय रेवतबहादुर रानालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
उच्च अदातल पाटनको २०७७ मङ्सिर २१ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा २४ दिन कैद सजाय, रु ७५ लाख जरिवाना र रु ७५ लाख बिगो भराई क्षतिपूर्तिवापत पीडित राहत कोषमा रु तीन लाख जम्मा गराउने ठहर भई फरार रहेका उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले काठमाडौँ गोकर्णेश्वरबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौँ पठाइएको छ । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























