अपराध
रोमानिया पठाइदिन्छु भन्दै एक लाख ५० हजार ठगी गरेको अभियोगमा एकजना पक्राउ
०

काठमाडौँ, माघ १९-
रोमानिया पठाइदिन्छु भन्दै नगद रु एक लाख ५० हजार ठगी गरेको अभियोगमा काठमाडौँ महानगरपालिका–२६ सामाखुशी बस्ने सल्यान बंगाद कुपिन्डे नगरपालिका–७ घर भएका ४२ वर्षीय जगत ओली क्षेत्रीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
जगतले एक जनालाई वैदेशिक रोजगारीका लागि रोमानिया पठाई होटलमा मासिक रु ७० हजार तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी उक्त रकम ठगी गरेकोले काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौँ समाखुशीबाट पक्राउ गरेको हो ।
उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको छ । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























