क्रिकेट

भारतविरुद्ध गुल्शनले दिलाए नेपाललाई पहिलो सफलता

Banner

काठमाडौं, माघ १९-

नेपालका तीव्र गतिका बलर गुलशन झाले आईसीसी यू-१९ विश्वकप सुपर सिक्समा भारतविरुद्ध पहिलो सफलता दिलाएका छन् । गुल्शनले पाँचौं ओभरको पहिलो बलमा भारतका ओपनर आदर्श सिंहलाई २१ रनमा क्याच आउट गराए ।

बायाँ हाते आदर्श लेग साइडको बल खेल्ने धुनमा एज लागेर विकेटकिपर उत्तम थापामगरबाट क्याच आउट गराए । उनले १८ बलमा ४ चौका प्रहार गरे ।

टस जितेर पहिला ब्याटिङ रोजेको भारतले ५ ओभरमा १ विकेट गुमाउँदै २६ रन बनाएको छ । ओपनर अर्शिन कुलकर्णी ५ र प्रियान्शु मोलिया क्रिजमा छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>