देश/प्रदेश
व्यवसायी चौधरी र जुत्ता कारखानाका प्रमुख थापालाई ग्रान्डी अस्पताल सारियो
०

काठमाडौं, माघ १९-
व्यवसायी अरुण चौधरी र बाँसबारी जुत्ता कारखानाका तत्कालिन प्रमुख अजित नारायणसिंह थापालाई ग्रान्डी अस्पताल सारिएको छ। सरकारी जग्गा व्यक्तीको नाममा ल्याइएको प्रकरणमा पक्राउ परेका उनीहरुलाई आज (शुक्रबार) चिरायुबाट ग्रान्डी अस्पताल सारिएको हो।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) स्रोतका अनुसार चिरायुले रिफर गरेपछि ग्रान्डी सारिएको छ । काठमाडौं जिल्ला अदालतले अनुसन्धानका लागि ४ दिनको म्याद दिएपछि हिजो (बिहीबार) उनिहरुलाई अस्पताल पुर्याएको थियो।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























