देश/प्रदेश

आज गण्डकी, बाग्मती र कोशी प्रदेशमा फाटफुट पानी पर्ने सम्भावना

Banner

काठमाडौँ, माघ १८-

पश्चिमी वायुको प्रभावले हिजोदेखि सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका धेरै ठाउँमा हल्का वर्षा भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेशका धेरै ठाउँहरुमा, कर्णाली प्रदेशका थोरै ठाउँहरुमा र लुम्बिनी प्रदेशका एक÷दुई ठाउँमा फाटफुटदेखि हल्का पानी परेको हो ।

आज गण्डकी, बाग्मती र कोशी प्रदेशका पहाडी भेगका केही ठाउँमा पनि फाटफुट पानी पर्ने सम्भावना रहेको महाशाखाका मौसमविद् मीनकुमार अर्यालले बताए । तर मधेश प्रदेश र कोशी प्रदेशका तराई भेगमा भने तत्काल पानी पर्ने सम्भावना नदेखिएको उहाँले बताउनुभयो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>