देश/प्रदेश

जनताको दुःखमा राजा पनि दुखी, दशैंमा सर्वसाधारणलाई टीका नलगाईदिने

०
Banner

चितवन, असोज २५–

पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्षको बडादसैँमा सर्वसाधारणलाई टीका तथा जमरा नलगाउने भएका छन् ।

सचिवालयले आज (आइतबार) घटनास्थापनाको दिन जारी गरेको सूचनाअनुसार गत भदौमा हिमपहिरोबाट आएको भीषण बाढी तथा यही असोजमा परेको अविरल वर्षाका कारण हजारौँ मानिस विस्थापित हुनुपरेको र सयौँको संख्यामा धनजनको क्षति भएको घटनाप्रति पूर्वराजा शाहले दुःख व्यक्त गर्दै यसवर्षको बडादसैँमा सर्वसाधारणलाई टीका तथा जमरा नलगाउने निर्णय गरेका हुन् ।

प्राकृतिक विपत्तिबाट प्रभावित जनसमुदायले अपूरणीय क्षति व्यहोर्नुपरेको यस दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै आफ्नो आस्था, मान्यता र मर्यादालाई कायम राख्दै यस वर्षको बडादसैँ पर्व सादगीपूर्ण रूपमा मनाउने निर्णय गरिएको सूचनामा उल्लेख छ।

सचिवालयले यस वर्षको विजया दशमीका दिन सर्वसाधारणलाई टीका तथा जमरा प्रदान गर्ने कार्यक्रम नरहेको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>