कर्पोरेट

सामसङ मोबाइलले सुरु गर्‍यो मोबाइल एआईको नयाँ युग

Banner

चितवन, माघ १७-

ग्यालेक्सी अनप्याक्डमा सामसङ मोबाइलले एआईको नयाँ युगको सुरुवात गरेको छ ।

सामसङले नेपालमा पनि नयाँ ग्यालेक्सी एस२४ सिरिजको फोन सार्वजनिक गरेसँगै मोबाइल एआईको नयाँ युगको औपचारिक घोषणा गरेको हो ।

भरतपुरको होटल सिराइचुलीमा आयोजित डिलर तथा मिडियाको उपस्थितिमा सो फोन सार्वजनिक गरिएको छ । कम्पनीले जनाए अनुसार प्रयोगकर्ताका अनुभवहरू अभिवृद्धि गर्न, जहाँसुकै, जुनसुकै बेला निर्बाध सञ्चारलाई सक्षम पर्न ग्यालेक्सी एआईले नवीन एआई सुविधाहरू प्रदान गरेको छ । ग्यालेक्सी एस २४ सिरिजले नेटिभ कल एप भित्र वास्तविक समय, दुई–तर्फी कल अनुवादहरूमै प्रत्यक्ष अनुवादसुविधा प्रदान गर्दछ । यस सुविधाले जुनसुकै फोन प्रयोग गरे पनि प्रयोगकर्ताको लागि १३ भाषाहरूमा अडियो र टेक्स्ट अनुवादहरूलाई समर्थन गर्दछ । थपरूपमा, ग्यालेक्सी एआई अधिक सुरक्षित छ किनकि यसले बाह्य क्लाउड प्रणालीमा भर नपरी फोनमा नै सञ्चालन गर्ने कम्पनीले जनाएको छ ।

ग्यालेक्सी एस२४ सिरिज दैनिक जीवनमा कसरी सहज रूपमा प्रयोग गर्न सकिन्छ भन्ने कुरालाई कार्यक्रममा प्रकाश पारिएको छ । हराएर दिशाहरू सोध्ने वा रेस्टुरेन्टमा खाना अर्डर गर्नेको लागि होस् । यी फोनहरु प्रयोगकर्ताले आफ्नै व्यक्तिगत अनुवादकको रूपमा काम गर्न सक्छ । कम्पनीका अनुसार नयाँ मोबाइलले प्रयोगकर्ताले टेक्स्ट पठाउँदा, च्याट असिस्टले सन्देशलाई तुरुन्तै अनुवाद गर्छ जसले प्रयोगकर्तालाई सजिलै बोल्न सक्ने भाषामा साथीहरूसँग टेक्स्ट गर्न दिन्छ । ट्रान्सक्रिप्ट असिस्टको साथ प्रयोगकर्ताहरूले रेकर्ड गरेका कुराकानीहरूको छोटो सारांशहरू सिर्जना गर्न र साझेदारी गर्न सक्छन्, वा मिटिङहरूमा व्यवस्थित रहन नोट असिस्ट प्रयोग गर्न सक्छन् । नयाँ एन्ड्रोइड अटो सुविधाले चालकलाई सुरक्षित रूपमा नेभिगेट गर्न, उनीहरूको मन पर्ने मिडिया पाउन र जता हुँदा पनि जहिले कनेक्टेड रहन दिन्छ ।

खोज गर्ने नयाँ तरिका

प्रयोगकर्ताका लागि सहज रूपमा आफ्नो फोनमा कुनै पनि कुराको लागि सरल इशारामा र एपहरू स्विच नगरीकन खोज्ने नयाँ तरिका सामसुङको ग्यालेक्सी एस२४ ले ल्याएको छ । सर्कल टु सर्च मा नविन खोज गर्ने सुविधाहरूको साथमा, व्यक्तिगत जानकारी पनि सुरक्षित गर्छ । गुगलको साथमा सामसङले प्रयोगकर्ताहरूलाई खोज प्रक्रियालाई पूर्ण पारदर्शिता र पूर्ण नियन्त्रण प्रदान गर्दै अझ सुरक्षित बनाउन उपकरण विकास गरेको जनाएको छ । प्रत्येक प्रयोगकर्ताले अनलाइन प्रशोधन र एआइको पूर्ण कार्यक्षमतालाई अनुमति दिने वा नदिने निर्णय गर्न सक्ने कम्पनीको दाबी छ ।

परिष्कृत क्यामेराको सुविधा

ग्यालेक्सी एस२४ अल्ट्राको नयाँ प्रोभिजुअल इन्जिनद्वारा सञ्चालित एआई उपकरणहरूको फराकिलो सुइटको साथ प्रयोगकर्ताहरुको सिर्जनात्मक स्वतन्त्रतालाई अधिकतम बनाउने कम्पनीले जानकारी गराएको छ । ग्यालेक्सी एस२४ अल्ट्रासँग लोकप्रिय के–पॉप ग्रुप टुमरो एक्स टुगेदरको कन्सर्ट भिडियो पनि प्रोडक्ट ब्रिफिङको क्रममा देखिएको थियो । प्रयोगकर्ता अगाडिको पङ्क्तिमा बसेको जस्तो गरी सोही भिडियो ग्यालेक्सी एस२४ अल्ट्रामा नाइटोग्राफी जुम प्रयोग गरी खिचिएको कम्पनीले जनाएको छ ।

ग्यालेक्सी एस२४ सिरिजको साथमा प्रयोगकर्ताहरुले आफ्नो मनपर्ने सोसल मिडिया एपहरुमा ग्यालेक्सीको नेटिभ क्यामेरा अनुभवको फाइदा लिनसक्ने जनाएको छ । एआईको शक्ति फोटोमा मात्र सिमित नभई भिडियोमा पनि फैलिएको छ, जहाँ प्रयोगकर्ताहरूले कुनै पनि भिडियो सिर्जना गर्न र हेर्न सक्नेछन्, सोही भिडियो यस तरिकामा नखिचे पनि वा एकै समयमा अगाडि र पछाडि क्यामेराहरू प्रयोग गरी ४के भ्लगहरू सिर्जना गर्न डुअल रेकर्डिङ प्रयोग गर्न सक्नेछन् । अब, ग्यालेक्सी एस२४ सिरिज भएका सबैप्रयोगकर्ताहरुले बिना थप उपकरण गुणस्तरीय भिडियो बनाउन सक्ने कम्पनीले जनाएको छ । छिटो सेयर, ग्यालेक्सीको फाइल साझेदारी सुविधा, विकसित भएको छ । गुगलसँगको साझेदारी मार्फत, प्रयोगकर्ताहरूले अब सजिलैसँग सबै एन्ड्रोइड उपकरणहरू र विन्डोज पीसीहरूमा फाइलहरू साझेदारी गर्न सक्ने कम्पनीले जनाएको छ ।

नविनतम एआई सुविधाहरूले अत्याधुनिक चिप प्रविधिको प्रयोग गर्छ । त्यसैले ग्यालेक्सी एस२४ सिरिजमा ग्यालेक्सीको लागि क्वाल्कम स्न्यापड्रागन ८ जेन ३ मोबाइल प्लेटफर्म र सामसङको एक्सिनोस २४०० सँग सुसज्जित छ । यीसँग, डिभाइसले अझ इमर्सिभ गेमिङ अनुभवको लागि रे ट्रेसिङ मोड्युलको साथमा उच्च उपयोगिता र छिटो र सम्म गेमप्ले प्रदान गर्ने कम्पनीले जनाएको छ । ग्यालेक्सी एआईको कारण, ग्यालेक्सी एस२४ सिरिजको ब्याट्री कार्यसम्पादन निरन्तर अप्टिमाइज गरिएको छ। अझ लामो ब्याट्री जीवनसँग जोड्दा, प्रयोगकर्ताहरूले अब अतिरिक्त–लामो गेमिङ सत्रहरूको आनन्द लिन सक्नेछन् ।

ग्यालेक्सी एस२४अल्ट्रा डिजाइनले ग्यालेक्सी स्मार्टफोनमा पहिलो पटक अतुलनीय प्रिमियम अनुभूति र परिष्कृत स्थायित्वका लागि टाइटेनियमको प्रयोग गरेको छ। अहिलेसम्मको सबैभन्दा पातलो मोडल, डिभाइसमा एस पेनसँग मिल्दो फ्ल्याट फ्रन्ट एज डिस्प्ले र बेजेलहरू सहितको थप जीवन्त र टिकाउ स्क्रिन रहेको कम्पनीले जनाएको छ ।

उच्च सुरक्षा र गोपनियता

ग्यालेक्सी एस२४ सिरिजले उत्पादनको जीवनचक्र विस्तार गर्ने सामसङको प्रतिबद्धता जारी राखेको छ । यसले प्रयोगकर्ताहरूलाई अझ लामो समयसम्म आफ्ना ग्यालेक्सी उपकरणहरूको अनुकूलित कार्यसम्पादनलाई विश्वसनीय रूपमा अनुभव गर्न मद्दत गर्न सात जेनेरेसनका ओएस अपग्रेड र सात वर्षको सुरक्षा अपडेटहरू प्रदान गर्ने जनाइएको छ ।

मूल्य र उपलब्धता

नेपालमा माघ ३, २०८० देखि ग्यालेक्सी एस२४ शृङ्खलाका लागि प्रि–बुक खोलिएको थियो र यसको प्रतिक्रिया अत्याधिक थियो । यस दौरानमा सामसङले एनसेलसँग सहकार्य गरी पहिलो ५०० ग्राहकलाई प्रिमियम सिम पनि प्रदान गरेका छन् । सबै प्रि–अर्डर स्टकहरू यसको घोषणा भएको ३ दिन भित्र बुक गरिएको थियो । अब डिभाइसहरू यही माघ २४ गतेबाट बजारमा उपलब्ध हुने कम्पनीले जनाएको छ । ग्यालेक्सी एस २४ सिरिजको मूल्य एक लाख ९९ हजार ९९९ देखि एक लाख १९ हजार ९९९ रुपैयाँसम्म तोकिएको छ ।

देशभरका आधिकारिक सामसङ स्टोरहरूमा उपलब्ध सामसङ का नयाँ फोनहरु फाइनान्स सेवाको साथमा शून्य प्रतिशत ब्याज दरमा सजिलो ईएमआईमा प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>