देश/प्रदेश
हेलम्बु जिप दुर्घटनाः पाँच भुटानी नागरिकमध्य दुईको मृत्यु
०

काठमाडौँ, माघ १७-
सिन्धुपाल्चोकमा दुर्घटना हुँदा दुई जना भुटानी नागरिकको मृत्यु भएको छ। सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका १ मा बा २ च ४४५० नम्बरको जिप दुर्घटना हुँदा दुई जना भुटानी नागरिकको मृत्यु भएको हो। दुर्घटनामा भुटानी नागरिकहरू ३३ वर्षीय अब्गे र ७१ वर्षीय वाङ्मोको मृत्यु भएको खुलेको उनले बताए।
जिपमा पाँच जना भुटानी नागरिक र एक जना नेपाली (चालक) सवार रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी निरञ्जन भट्टराईले जानकारी दिए ।
घाइतेतेलाई हेलिकप्टरबाटै काठमाडौं ल्याइएको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>






















