चितवन विशेष

माघको ठण्डीमा पनि चितवनमा डेँगु संक्रमण, साउन यता संक्रमितको संख्या १६२४ पुग्यो

Banner

चितवन, माघ १०-

माघको ठण्डीमा पनि चितवनमा डेँगु संक्रमण देखिएको छ ।

स्वास्थ्य कार्यालय चितवनले उपलब्ध गराएको तथ्यांक अनुसार बिगत २४ घण्टामा चितवनमा दुई जनामा डेँगु संक्रमण देखिएको हो ।

बिगतमा गर्मी मौसममा देखिने डेँगु पछिल्लो समयमा जाडो मौसममा पनि देखिन थालेको छ । स्वास्थ्य कार्यालय चितवनको अनुसार साउनदेखि माघ १० गतेसम्म २१ हजार ४३८ जनाको परीक्षण गरिएकोमा एक हजार ६२४ जनामा डेँगु संक्रमण पाइएको स्वास्थ्य कार्यालयले जनाएको छ । अहिलेसम्म भरतपुर महानगरपालिकामा ६२६ जना, खैरहनी नगरपालिकामा १७९ जना, माडी नगरपालिकामा २२ जना, रत्ननगर नगरपालिकामा २०४ जना, राप्ती नगरपालिकामा ७१ जना, कालिका नगरपालिकामा २२ जना, इच्छाकामना गाउँपालिकामा ४३ जनामा डेँगु संक्रमण देखिएको छ । त्यसैगरी अन्य जिल्लाबाट आएका ३२० जना र ठेगना नखुलेका १३७ जना रहेका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>