क्रिकेट

यू–१९ विश्वकपः नेपालविरुद्ध न्यूजील्याण्डले २० ओभरमा ३ विकेट गुमाउँदै ८७ रन बनायो

Banner

काठमाठौं, माघ ७–

आइसिसी यू–१९ विश्वकप क्रिकेटमा अहिले नेपाल र न्युजिल्यान्डबीच प्रतिस्पर्धा भइरहेको छ। दक्षिण अफ्रिकामा भइरहेको प्रतिस्पर्धामा २० ओभरको समाप्तीमा न्यूजील्याण्डले ३ विकेट गुमाउँदै ८७ रन बनाएको छ ।

न्यूजील्याण्डका टम जोन्स ३३, लुक वाटसन १४ र ओलिभर टेवाटिया शून्यमा आउट भए । नेपालका लागि सुवास भण्डारी, दिपेश कँडेल र तिलक भण्डारीले एक–एक विकेट लिए । पहिलो १० ओभरको पावरप्लेमा कुनै विकेट नगुमाएको न्युजिल्यान्डविरुद्ध नेपालले पावरप्लेपछिको पाँच ओभरभित्रमा तीन विकेट लिएको हो।

समूह ‘डी’ को खेलमा न्युजिल्यान्डले टस जितेर पहिले ब्याटिङ गरिरहेको हो।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>