क्रिकेट

१० वर्षमा नेपाल टेस्ट राष्ट्र बन्ने लक्ष्य छः पारस खड्का

Banner

काठमाडौं,माघ ६-

नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले मुलुकलाई टेस्ट राष्ट्र बनाउन सबैको सहयोग आवश्यक रहेको बताएका छन् । नेपाललाई अबको १० वर्षमा टेस्ट राष्ट्र बनाउने लक्ष्य रहेको उनले सुनाए । शनिबार गैरआवासीय नेपाली संघ (एनआरएनए)ले क्यानका पदाधिकारीलाई गरेको सम्मान कार्यक्रममा उनले संसारभर बस्ने नेपालीको सहयोग आउने ‘च्यानल’ बनाउन आफूहरू तयार रहेको बताए । यसबाट घरेलु क्रिकेटको विकास हुने उनले उल्लेख गरे ।

“क्रिकेटका गतिविधिहरूमा साझेदारी बलियो बनाउन विश्वभरका नेपालीलाई जोड्न जरुरी छ,” उनले भने । थोरै लगानीमा यो स्थितिसम्म आइपुगेको उनले बताए । उनले क्रिकेटको संरचना पनि विकास हुन थालेको जानकारी गराए । अब राष्ट्रिय क्रिकेट मात्र होइन, जिल्ला र स्थानीय संरचनालाई पनि सहयोग गर्नुपर्नेमा उनले जोड दिए ।

क्रिकेटले देश, खेलाडीका साथै पर्यटन प्रवर्द्धनमा पनि योगदान गरेको उनले बताए । “यो खेललाई कसरी स्थापित गर्ने भन्नेमा सबैको ध्यान होस्,” उनले भने । महिला क्रिकेट पनि क्यानको प्राथमिकतामा रहेको उनको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>