अपराध
बोक्सीको आरोपमा हत्या गरेर फरार दुई अभियुक्त पक्राउ
०

काठमाडौं, माघ ५-
बोक्सी आरोपमा हत्या गरेर फरार रहेको दुई जनालाई प्रहरी पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरले काभ्रेका ४४ वर्षीय टंकबहादुर मगर र ४२ वर्षीय सन्तबहादुर मगरलाई पक्राउ गरेको एसपी मिलन केसीले बताए ।
उनका अनुसार, २९ असोज २०६५ मा काभ्रेको तत्कालीन आम्बोटो गाविस–१ मा चमारसिंह मगर भनिने जनकबहादुरलाई कुटपिट गरेर उनीहरुले हत्या गरेका थिए ।
हत्यापछि फरार रहेका उनीहरुलाई खोजतलास गर्ने क्रममा पक्राउ गरेर जिल्ला अदालतमा बुझाइएको एसपी केसीले बताए । प्रहरीले १५ वर्ष पुरानो यो मामलामा थप अनुसन्धान गरिरहेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>























