राजनीति

संसदीय सुनुवाइ समितिद्वारा भारत, चीन, अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतहरूको आज सुनुवाइ गरिँदै

०
Banner

काठमाडौं,असोज २६-

सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिले भारत, चीन, अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतहरूको आज संसदीय सुनुवाइ गर्दैछ ।

सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको सभाकक्षमा बिहान ९ः१५ बजे सुरु हुने समितिको १७औँ बैठकमा प्रस्तावित राजदूतहरूको सुनुवाइ हुने कार्यसूची तय गरिएको छ ।

बैठकमा भारतका लागि प्रस्तावित राजदूत डा। निश्चल नाथ पाण्डे, जनवादी गणतन्त्र चीनका लागि प्रस्तावित कल्याण राज शर्मा, संयुक्त राज्य अमेरिकाका लागि प्रस्तावित चिरन जङ्ग थापा र संयुक्त अधिराज्य बेलायत का लागि प्रस्तावित पूर्वप्रधानसेनापति गौरव शमशेर जबरालाई आमन्त्रण गरी सुनुवाइ गरिनेछ ।

प्रस्तावित राजदूतहरूको सुनुवाइ अघि समितिले उनीहरूविरुद्ध परेका उजुरीका सम्बन्धमा उजुरीकर्ताहरूलाई बोलाएर छलफल गर्ने भएको छ । उजुरीकर्ताहरूसँगको छलफल सकिएपछि प्रस्तावित व्यक्तिहरूको कार्ययोजना र योग्यतासम्बन्धी सुनुवाइ अघि बढाइने संसद् सचिवालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>