Breaking News

नारायणगढका व्यवसायीसंग ज्यान मार्ने धम्की दिएर फिरौती माग गर्ने तीन युवक पक्राउ

Banner

चितवन, माघ ३–

एक व्यवसायीसंग ज्यान मार्ने धम्की दिएर १५ लाख फिरौती रकम माग गर्ने तीन जना युवकलाई चितवन प्रहरीले पक्राउ गरेको छ ।

पुस २८ गतेदेखि रुपन्देही असुरैना वडा नं. ३ घर भई हाल भरतपुर–१ मा व्यवसाय गरेर बसेका करन गुप्तालाई बारम्बार अपरिचित एनसेलका विभिन्न नम्बरबाट फोन गरी १५ लाख रकम फिरौति माग गर्दै उक्त रकम नदिए सुट गरि हत्या गर्छु पटक–पटक दिनरात धम्कि दिएका युवाहरुलाई पक्राउ गर्न सफल भएको हो । प्रहरीका अनुसार पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–२१ बस्ने वर्ष २७ का सरोज सुनार, भरतपुर–१ बस्ने वर्ष २६ का दिपक वि.क. र भरतपुर– २६ बस्ने वर्ष २५ का सागर वि.क.रहेका छन् ।

उनीहरुले निरन्तर धम्की दिन थालेपछि गुप्ताले जिल्ला प्रहरी कार्यालय चितवनमा उजरी दिएका थिए । लगत्तै प्रहरी निरीक्षक उमाशंकर प्रसाद शाहको कमाण्डमा विशेष प्रहरी टोली परिचालित भई विभिन्न प्रविधीको प्रयोग तथा सूचना संकलन तथा शंकित व्यक्तिको निगरानीबाट उनीहरुलाई पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता श्रीराम भण्डारीले जानकारी दिएका छन् ।

उनीहरुलाई माघ २ गते हिजो मात्रै गुप्ताबाट मागे बमोजिमको फिरौति रकम लिन आएको अवस्थामा प्रहरीले पक्राउ गर्न सफल भएको हो । उनीहरुलाई चितवन जिल्ला अदालतबाट आपराधिक षड्यन्त्र मुद्धा शिर्षकमा म्याद थप गरि आवश्यक अनुसन्धान भईरहेको प्रवक्ता भण्डारीले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>