खैरहनी

खिचरा डान्स आइडल: १७ प्रतियाेगी दाेश्राे चरणमा प्रवेश

Banner

चितवन, पुस २९-

नवाैं खिचरा महाेत्सवकाे दाेश्राे दिन आज खिचरा डान्स आइडलकाे पहिलाे राउण्डकाे प्रतियाेगिता सम्पन्न भएकाे छ ।

अडिसनबाट छनाैट भएका २८ प्रतियाेगीहरू मध्ये १७ प्रतियाेगीहरू दाेश्राे चरणमा प्रवेश गरेका छन् । पहिलाे राउण्ड पार गरी दाेश्राे राउण्डमा प्रवेश गर्ने प्रतियाेगीहरूमा नविना अधिकारी, जेसिका चाैधरी, प्रसन्न अधिकारी/अथिना खुलाल, किमस महताे, प्रकृति श्रेष्ठ, खुशी खरेल, कंकाली मावि ग्रुप, सारा सुनार/ बिराज लामा, सपुन सिरमल, लक्ष्मी सुनार, समीर गन्धारी, जेशिका बस्नेत, अनिमेस महताे/ नन्दनी महताे, साईना चाैधरी/ ईसु चाैधरी, सुस्मिता गिरी, दिपिका गिरी, सरस्वती गिरी रहेका छन् ।

आज थारू कलाकार सभा चितवनका अध्यक्ष, निर्देशक तथा कलाकार सुरेश चाैधरी; प्रथम उपाध्यक्ष तथा निर्देशक हीरा चाैधरी र सचिव, गायक, माेडल राेहित चाैधरीले डान्स आइडलकाे निर्णायककाे भूमिकामा रहेका थिए ।  प्रतियाेगतामा प्रथम, द्वितीय र तृतीय हुने प्रतियाेगीहरूलाई क्रमश: ३० हजार, २० हजार, १० हजार नगद पुरस्कार दिइने खिचरा डान्स आइडल कार्यक्रमका संयाेजक हरिशरण चाैधरीले जानकारी दिए।
महाेत्सवमा भाेलीकाे मुख्य आकर्षणहरूमा लाेकिप्रिय गायिका अन्नु चाैधरी, हास्य कलाकार मनाेज गजुरेल, गायक  राेहितसिंह चाैधरी लगायत थारू समुदायका विभिन्न साँस्कृतिक नाचगीतका साथै लाेकप्रिय ब्याण्ड र स्थानीय कलाकारहरूकाे बेजाेड प्रस्तुति रहने महाेत्सव मूल आयाेजक समितिका संयाेजक रामेश्वर चाैधरीले जानकारी दिए ।
थारू कल्याणकारिणी सभा (थाकस) चितवन क्षेत्र नं. ७ ले खैरहनी नगरपालिका वडा नं. ५, जबकाैली गाैचरनमा आयाेजना गरेकाे महाेत्सव माघ १० गतेसम्म सञ्चालन हुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>