अन्तर्राष्ट्रिय

ताइवानमा राष्ट्रपति र संसदीय चुनावको मतदान सकियो, मतगणना चल्दै

०
Banner

काठमाण्डौ, पुस २८-

ताइवानमा सम्पन्न राष्ट्रपति र संसदीय चुनावको मतगणना शुरु भएको छ । आज मतदान सकिएको केहीबेरमै मतगणना शुरु भएको हो । झण्डै एक करोड ९० लाख जनाले मतदान गरेका बीबीसीले जनाएको छ । वर्तमान राष्ट्रपति साई इङ–वेनले आफ्नो दुई कार्यकाल पूरा गरिसकेकाले यो चुनावबाट ताइवानले नयाँ राष्ट्रपति पाउने निश्चित छ ।

सत्तारुढ ‘डेमोक्रेटिक प्रोग्रेसिभ पार्टी’ (डीपीपी) ले वर्तमान उपराष्ट्रपति विलियम लाइलाई उम्मेदवार बनाएको छ । उनलाई ताइवान स्वतन्त्रताको कट्टर समर्थक मानिन्छ । विपक्षी दल ‘कुमिन्टाङ’ (केएमटी)ले ताइपेईका नयाँ मेयर होउ यु–इहलाई उम्मेदवार बनाएको छ ।

होउ यु–इह चीनसँग घनिष्ठ सम्बन्धको पक्षमा हुनुहुन्छ । तर पनि उहाँको पार्टीले चीन समर्थक भएको कुरा अस्वीकार गर्दै आएको छ । केएमटीले आजको मतदानलाई शान्ति र युद्धबीचको चुनाव भनेको छ । अर्को पार्टी ताइवान पिपुल्स पार्टी (टीपीपी) ले को वेन–जेलाई उम्मेदवार बनाएको छ ।

राष्ट्रपतिमा निर्वाचित उम्मेदवारले चार महिनापछि मे २० मा ताइवानको राष्ट्रपतिको शपथ लिनेछन् । ताइवानमा मतदान शुरु हुनु एक दिन अघि हिजो चीनको परराष्ट्र मन्त्रालयले आफ्नो देशको अडान दोहोर्‍याउँदै ताइवान चीनको हिस्सा भएको र विश्वमा चीन एक मात्र भएको बताएको छ ।

ताइवानको यो चुनावले देशको राजनीतिक भविष्य मात्र नभइ चीनसँगको सम्बन्ध पनि तय गर्ने भएकोले ताइवानमा आज भएको चुनावलाई विश्वले चासोको साथ हेरेको छ । एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>