Breaking News
नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी
०

काठमाडौं, असोज २६ –
नेकपा (एमाले) की वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकलाई विवेकशील, सिर्जनशील र राज्यप्रति जिम्मेवार बनाउने गरी मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधारको आवश्यकता रहेको बताउनुभएको छ ।
सोमवार काठमाडौंमा महेन्द्रप्रकाश शिवाकोटीद्वारा लिखित ‘देश विकासको प्रश्तावना’ र ‘राजनीतिक चेतना’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । मुलुकको शिक्षा प्रणालीलाई परीक्षामा प्राप्त अंक र प्रमाणपत्रमा मात्र सिमित नराखी जीवनोपयोगी बनाउनुपर्नेमा उहाँको जोड छ ।
उहाँले मुलुकको विकासका लागि सरकार, राजनीतिक दल र नीतिनिर्माता मात्र जिम्मेवार भएर नुपग्ने बताउनु भयो । उहाँले मुलुकको विकास र समृद्धिको लागि हरेक नागरिक र समुदायको पनि उत्तिकै जिम्मेवारी हुने बताउनु भयो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>























