राजनीति
राजेन्द्र पाडेको आपत्ति– पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ
०

काठमाडौं, असोज २६ –
नेपाली कम्युनिष्ट पार्टीका नेता राजेन्द्र पाण्डेले पुराना राजनीतिक दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिएको भन्दै आपत्ति जनाउनुभएको छ ।
सोमवार काठमाडौंमा महेन्द्रप्रकाश शिवाकोटीद्वारा लिखित ‘देश विकासको प्रश्तावना’ र ‘राजनीतिक चेतना’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै उहाँले यस्तो आपत्ति जनाउनुभएको हो । सबै पुराना नेता तथा राजनीतिक दलका कार्यकर्ता गलत थिए भन्ने भाष्य निर्माण गर्नु उचित नभएको बताउनु भयो । उहाँले २०४८ सालदेखि २०७९ सालसम्म लगातार सांसद रहेको उल्लेख गर्दै पूर्वमुख्यमन्त्री पाण्डेले आफू भ्रष्टाचारजन्य गतिविधिमा संलग्न नभएको दाबी गर्नुभयो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>























