देश/प्रदेश

चन्द्रागिरिमा कार दुर्घटनाः घाइते बालिकाको उपचारको क्रममा मृत्यु, मृतकको संख्या ५ पुग्यो

Banner

काठमाडौं, पुस २८-

काठमाडौंबाट चित्लाङ जाँदै गरेको कार दुर्घटनामा परी गम्भीर घाइते भएकी बालिकाको पनि मृत्यु भएको छ। दुर्घटनामा परी गम्भीर घाइते भएकी ६ वर्षीया बालिका स्मारिका गौतमको उपचारका क्रममा बल्खुस्थित बयोधा अस्पतालमा मृत्यु भएको हो ।

आज दिउँसो १ः५५ बजे प्र.३-०१-२३ च ६९८५ नम्बरको गाडी पानीघाटभन्दा माथि हिमचुली सेतो पहरास्थित सडकबाट करिब ५ सय मिटर तल खसेर दुर्घटना भएको थियो।

काठमाडौं प्रहरी परिसरका एसपी कुमोध ढुंगेलका अनुसार योसँगै दुर्घटनामा मृत्यु हुनेको संख्या ५ जना पुगेको छ। कारमा ६ जना सवार थिए। स्मारिकाकी आमा सृष्टी तिवारी भने सकुशल छिन्।

कारमा सवार काठमाडौं महानगरपालिका-३० मैतिदेवीका ६७ वर्षीय ओमकार निधि तिवारी, ६४ वर्षीया कल्पना तिवारी, काठमाण्डौं महानगरपालिका- २ लाजिम्पाटका ३८ वर्षीय डा। महेश कुमार गौतम र ४ वर्षीय प्रियान्स गौतमको घटनास्थलमै मृत्यु भएको थियो।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area