देश/प्रदेश

चन्द्रागिरिमा कार दुर्घटनाः चार वर्षीय बालकसहित ४ जनाको घटनास्थलमै मृत्यु

Banner

हेटौँडा, पुस २८-

चन्द्रागिरिमा कार दुर्घटना हुँदा चार जनाको घटनास्थलमा मृत्यु भएको छ । चित्लाङ–चन्द्रागिरि सडक खण्ड अन्तर्गत चन्द्रागिरि नगरपालिका वडा नम्बर ४ सेते पहरेमा कार दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको हो ।

प्रदेश नम्बर ३-०१-०२३ च ६९८५ नम्बरको कार दुर्घटना हुँदा दुई पुरुष, एक महिला र एक बालकको मृत्यु भएको चित्लाङ प्रहरी चौकीका सई विकास कार्कीले जानकारी दिए ।

मृत्यु हुनेमा काठमाडौं महानगरपालिका-३० मैतिदेवीका ६७ वर्षीय ओमकार निधि तिवारी, ६४ वर्षीया कल्पना तिवारी, काठमाण्डौं महानगरपालिका- २ लाजिम्पाटका ३८ वर्षीय डा. महेश कुमार गौतम र ४ वर्षीय प्रियान्स गौतम छन्।

दुर्घटनामा परी ६ वर्षीया स्मारिका गौतम गम्भीर घाइते भएकी छन्। उनको बल्खुस्थित बयोधा अस्पतालमा उपचार भइरहेको छ। उनकी आमा डा। सृष्टी तिवारी गौतम सकुशल रहेको एसपी ढुंगेलले जानकारी दिए।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area