देश/प्रदेश

राष्ट्रिय बाणिज्य बैंकको परीक्षा दिन हिडेका आशुतोषले ढोकाबाट हामफालेर ज्यान जोगाए

Banner

दाङ, पुस २८-

गएराति सवा १० बजे दाङको भालुवाङमा बस दुर्घटनामा भएको थियो । बाँकेको नेपालगञ्जबाट काठमाडौं जाँदै गरेको भे १ ख ३९१२ नम्बरको बस गएराती पुलबाट राप्ती नदीमा खसेको थियो ।

उक्त बस दुर्घटनामा १२ जनाको मृत्यु भएको थियो भने २३ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको हो । त्यस्तै बसमा सवार ३५ जनामध्ये नेपालगंज उपमहानगरपालिका– १२ कोरियनपुरका एक युवकले बसको ढोकाबाट हामफालेर ज्यान जोगाउन सफल भएका छन् ।

आज (शनिबार) बुटवलमा हुने राष्ट्रिय बाणिज्य बैंकको परीक्षामा सहभागी हुन हिडेका २४ वर्षीय आशुतोष गौतमले बसको ढोकाबाट हामफालेर ज्यान जोगाएका हुन् । उनी नेपालगञ्जको मञ्जुश्री फाइनान्समा काम गर्थे। बसको सिटमा बस्ने बानी नभएको र बसका सहचालक २१ बर्षीय शंकर थारुसँग चिनजान भएकाले आफूलेपनि सहचालकसँग ढोकानजिक उभिएर यात्रा गरेको उनले बताए ।

‘भालुवाङमा ट्राफिक चेकपोइन्ट नजिक पुगेपनि बस रोकिएन तर त्यसको हाइड्रोलिक ढोका भने खुल्यो। चेकपोस्ट राप्ती नदीको मुखमै छ। त्यहाँ चेकिङ भइरहेको भएपनि चालकले रोक्दै नरोकी हुँइक्याए। केही पर पुगेपछि बस दायाँ बायाँ गर्दै अगाडि बढ्न थालेपछि मुटुमा ढ्यांग्रो बज्न थाल्यो र केहीसमयमै डिभाइडरमा बस ठोक्किएर ठूलो आवाज आयो, । बस दायाँबाया हल्लिन थाल्यो । अब दुर्घटना नै हुने हो भन्ने लागिसकेको थियो र ढोका पनि खुल्लै थियो, बरू हातखुट्टा भाँचिए भाँचियोस् ज्यान त जोगिएला भनेर ढोकाबाट पुलमा हामफालें,’ उनले भने।

स्रोतः सेतोपार्टी

 

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area