घटना -दुर्घटना
मुख्यमन्त्रीद्वारा घाइतेको उपचारमा विशेष ध्यान दिन निर्देशन
०

दाङ, पुस २८-
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले गएराति दाङको भालुवाङमा राप्ती पुलबाट नदीमा बस खसेर भएको दुर्घटनाबाट आफू मर्माहत भएको बताउँदै घाइतेहरुको उपचारमा विशेष ध्यान दिन निर्देशन दिनुभएको छ ।
मुख्यमन्त्री चौधरीले दुर्घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उपचारमा गम्भीर बन्न र उपचारमा कुनै कमी हुन नदिन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । उहाँले आज एक विज्ञप्ति जारी गरी दुर्घटनामा ज्यान गुमाएकाहरुका परिवारजनमा शोक व्यक्त गर्नुभएको छ ।
नेपालगञ्जबाट काठमाडौँ गइरहेको यात्रुवाहक बस दाङको भालुवाङस्थित राप्ती नदीमा शुक्रबार राति खस्दा त्यसमा सवार १२ जनाको मृत्यु भएको छ । दुर्घटनामा ज्यान गुमाएका आठजनाको सनाखत भएको छ । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>























