क्रिकेट

१ सय २७ रनमा समेटियो कोशी

०
Banner

काठमाडौँ, पुस २८- 

प्रधानमन्त्री कप क्रिकेट अन्तरगत कोशी प्रदेश मधेस प्रदेशविरुद्ध मात्र १ सय २७ रनमा समेटिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको कोशी ४१ ओभरमा अलआउट भएको हो ।

कोशीका लागि फिरदोश अन्सारी र कप्तान अङ्कित सुवेदीबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । अन्सारीले ७१ बलमा ४१ रन बनाए भने कप्तान सुवेदीले ५० बलमा ४० रनको योगदान दिए ।
मधेसका लागि प्रदीप पासवानले ३ तथा राजेश यादव, रञ्जित कुमार र पवन शर्राफले २–२ विकेट लिए । विशाल पटेलले एक विकेट लिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>