चितवन विशेष

रत्ननगरको पञ्चकन्या माविका बिपन्न विद्यार्थीलाई जाडोको पोशाक सहयोग

Banner

चितवन, पुस २३-

रत्ननगर नगरपालिका–१३ को पञ्चकन्या माध्यमिक विद्यालयमा अध्ययनरत बिपन्न र जेहन्दार विद्यार्थीलाई जाडोको पोशाक सहयोग भएको छ ।

पञ्चकन्या मावि भूतपूर्व विद्यार्थी समाजले झण्डै एक लाख रुपैयाँ बराबरको जाडोको पोशाक सहयोग गरेको हो ।

पोशाक बितरण कार्यक्रमको अवसरमा विद्यालयमा तीनवटा अक्षयकोष स्थापना पनि भएको छ । जसमा विद्यालयका संस्थापक अध्यक्ष स्वर्गीय ठाकुरप्रसाद तिवारीको सम्झनामा उनकी धर्मपत्नी नारायणी तिवारीले ५५ हजार ५५५ रुपैयाँ, पूर्वविद्यार्थी यशोधा देवकोटाले आफ्नी छोरीको जन्मदिनमा ५० हजार रुपैयाँ र पूर्वप्रधानाध्यापक मेघनाथ दूवाडीको नाममा ५० हजार १५१ रुपैयाँको अक्षयकोष स्थापना भएका छन् ।
पूर्वविद्यार्थी समाजकी अध्यक्ष सम्झना भट्टले विद्यालयमा विद्यार्थीहरुको शैक्षिक उन्ननयनका लागि सहयोगलाई निरन्तरता दिइरहने प्रतिबद्धता व्यक्त गरेकी छन् । उनले भनिन्, ‘ अहिले जाडो मौसमको लागि विद्यार्थीहरुलाई ट्रयाक सुट सहयोग गरेका छौं । आगामी दिनमा पनि समाजको सहयोग निरन्तर रहनेछ ।’

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>