चितवन विशेष

चितवनको गामबेसीे चेपाङ केन्द्रलाई खाद्यान्न सहयोग

Banner

चितवन, पुस २३-

रत्ननगरमा रहेको गामबेसी चेपाङ केन्द्रमा रहेका बालबालिकालाई खाद्यान्न सहयोग भएको छ ।

भरतपुरको युनाइटेड टेक्निकल कलेजले गामबेसीको चेपाङ संरक्षण केन्द्रमा अध्ययनरत बालबालिकाहरुको लागि खाधान्न सहयोग गरेको हो ।

कलेजले चामल दाल आलु प्याज लगायत नुनसहित एक हप्तालाई पुग्ने गरी खाधान्न केन्द्रलाई सहयोग गरेको छ । संरक्षण केन्द्रमा १३२ जना चेपाङ विद्यार्थीहरु आश्रित रहेको केन्द्रका सञ्चालक केपी किरण शर्माले बताए । शर्माले युनाइटेड टेक्निकल कलेज परिवारलाई सहयोगको लागि आभार व्यक्त गरे । उक्त कार्यक्रममा युनाइटेड टेक्निकल कलेजको प्रिन्सिपल प्रा डा केशव दत्त अवस्थीसहित कलेजका प्रध्यापक र विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा कलेजको प्रिन्सिपल अवस्थीले भविष्यमा चेपाङ विधार्थी भाइबहिनीहरु प्राविधिक इन्जिनियरिङ शिक्षा पढ्न इच्छुक भएमा कलेजले हर तवरले साथ सहयोग गर्ने बाचा गरे । उनले चेपाङ विधार्थीहरु आफ्नो उज्जवल भविष्यको लागि प्राविधिक शिक्षा नै रोज्न पर्ने बताए । उक्त कार्यक्रमलाई सफल पार्न प्रत्यक्ष अप्रत्यक्ष साथ सहयोग गर्ने त्यसै कलेजका पूर्वविधार्थी साहिर श्रेष्ठको उत्तिकै प्रशंशनीय भूमिका रहेको प्रिन्सिपल अवस्थीले बताए । कार्यक्रमको सञ्चाल सौम्या गुप्ताले गरेकी थिइन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>