क्रिकेट

जिल्लाको फैसला चित्त बुझेन, थप कानुनी उपचारका लागि उच्च अदालत जान्छौँः सन्दीपका वकिल

Banner

काठमाडौँ, पुस १४-

क्रिकेटर सन्दीप लामिछाने थप कानुनी उपचारका लागि उच्च अदालत जाने भएका छन् । जिल्ला अदालत काठमाडौँले शुक्रबार जबरजस्ती करणीको मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई दोषी ठहर गरेको थियो । जिल्ला अदालत काठमाडौँका न्यायाधीश शिशिरराज ढकालको इजलासले किशोरी साबालिग रहेको ठहर गरेको थियो ।

अदालतको आदेशपछि सन्दीपका वकिल सरोज कृष्ण घिमिरेले जिल्लाको फैसला चित्त नबुझेको भन्दै थप कानुनी उपचारका लागि उच्च अदालत जाने बताएका हुन् ।

उनले भनेका छन्,’सम्मानित अदालत र माननीय न्यायाधीशको स्वतन्त्रता र सक्षमतामा हामीलाई अटल आस्था, भरोसा र विश्वास छ । क्रिकेटर सन्दीप लामिछानेको हकमा काठमाडौँ जिल्ला अदालतबाट दोषी ठहर हुने गरी भएको फैसलामा हाम्रो चित्त बुझेको छैन । हाम्रो पक्ष दोषी होइन भन्ने कुरामा हामी विश्वस्त भएको हुँदा थप कानुनी उपचारका लागि हामी उच्च अदालत जानेछौँ ।’

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>