क्रिकेट

बलात्कार मुद्दामा दोषी ठहर भएपछि सन्दीपले खेलेनन् प्रो क्लबको फाइनल

Banner

पोखरा, पुस १४-

पर्साको नारायणी रंगशाला वीरगन्जमा जारी नेपाल प्रो क्लब च्याम्पियनसिप क्रिकेटको फाइनल खेलमा सन्दीप लामिछाने नखेल्ने भएका छन् । पर्साको कप्तानी गरेका सन्दीपले नेपाल पुलिस क्लबविरुद्धको फाइनल नखेलेका हुन् । उनी पर्साको प्लेईङ ११ मा छैनन् ।

जिल्ला अदालत काठमाडौंले सन्दीपलाई शुक्रबार बलात्कार मुद्दामा दोषी ठहर गरेको थियो । सन्दीप नखेलेसँगै पर्साको कप्तानी सुरज पटेलले गरेका छन् ।
सन्दीपबिना खेलेको पर्साले खराब सुरुआत गरेको छ । पर्साले ६ ओभर १ बलमा ५ विकेट गुमाएर ३५ रन बनाएर खेलिरहेको छ । पहिला ब्याटिङ गरेको पुलिसले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४५ रन बनाएको थियो ।

सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्ने क्रममा पर्साका सन्दीपले ३ विकेट लिएका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>