समाचार
बालकुमारी घटनामा मृतकका परिवारको न्याय माग्दै सुर्खेतमा प्रदर्शन
०

सुर्खेत, पुस १४-
बालकुमारी घटनामा मृत्यु भएका परिवारलाई उचित क्षतिपूर्तिसहितको न्याय माग गर्दै सुर्खेतमा प्रदर्शन गरिएको छ। शनिबार दिउँसो वीरेन्द्रनगरमा विरोध प्रदर्शन भएको हो। प्रदर्शनकारीहरूले सडकमा टायर बालेर नाराबाजी गर्दा यातायात आवागमन अवरूद्ध भएको थियो।
पीडितलाई न्याय दिनुपर्ने, मृतकहरुलाई सहिद घोषणा गर्नुपर्ने लगायतमा माग गर्दै विरोध प्रदर्शन गरिएको हो।
कोरियन भाषा परीक्षाको विषयमा प्रदर्शनका क्रममा शुक्रबार प्रदर्शनकारीहरूले बालकुमारीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला चढ्ने गाडी जलाएका थिए।
त्यसपछि प्रहरीले अश्रुग्यास, लाठीचार्ज र गोली चलाउँदा बालकुमारी तनावग्रस्त बनेको थियो। घटनामा दुई जना युवक मारिएका थिए। मारिने दुई युवा दैलेख र अछामका हुन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























